प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण « Khabarhub

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच सोमबार एकीकरण गर्ने सहमति भएको छ ।

फागुन २१ गतेको निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउँदै गर्दा यी दुई दलबीच एकता भएको हो ।

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकीकरण भइनसक्दै रञ्जिता नेकपामा समाहित भएकी हुन् । रेशम भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग नजिकिएका छन् । उनले आइतबार मात्रै बालेन्द्रसँगको फोटो राख्दै तस्बिर आफैं बोल्छ भनेका थिए ।

यी दुई दलको एकताको सहमतिमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र समाजवादको दिशामा अगाडि बढ्ने साझा लक्ष्यसहित दुवै पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार एकीकरणपछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न तारा नै हुनेछ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्वतः नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुनेछन् ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय समिति लगायत सबै संरचना र जनवर्गीय संगठन आपसी सहमतिमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गरिने उल्लेख छ ।

सहमति पत्रमा विगतका अनुभवको वस्तुनिष्ठ समीक्षा गर्दै संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादतर्फ अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।

मुलुकको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र स्थापनाका लागि सडक, सदन र सरकार तीनवटै क्षेत्रबाट संघर्ष गर्ने सहमति भएको छ ।

दुवै पार्टीले संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय विभेदको अन्त्य गर्दै समतामूलक र न्यायपूर्ण समाज निर्माणलाई पार्टी कार्यक्रमका रूपमा अघि बढाउने जनाएका छन् । पार्टी सञ्चालन सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्व र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार हुने उल्लेख छ ।

सहमति पत्रमा संविधानका सकारात्मक पक्षको रक्षा गर्दै शासन प्रणाली, निर्वाचन प्रणाली र संघीय संरचनाको सुदृढीकरणका लागि संविधान संशोधन र अग्रगामी परिमार्जनमा पहल गर्ने विषय पनि समेटिएको छ ।

यसका साथै महिला, थारु, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक, पिछडिएको वर्ग र क्षेत्रका समुदायलाई राज्यका सबै तहमा समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ ।

कैलालीको टीकापुर नरसंहारसँग सम्बन्धित प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दा खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ ।

सहमति पत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् । यसलाई उनीहरूले अग्रगामी राजनीतिक परिवर्तनको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : २२ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष