रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र « Khabarhub

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता पाएका छन् ।

कुमालनले उपसभापतिसहित दोस्रो वरीयता पाएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह तेस्रोमा धकेलिएका छन् ।

यस्तै रास्वपामा कुलमानले समानुपातिकतर्फ आफ्ना २५ प्रतिशत उम्मेदवारहरू पठाउने पनि सहमति भएको छ। सहमतिको पत्र केही समयमा सार्वजनिक गर्न लागिएको छ। उज्यालो नेपालबाट १८ जनालाई समानुपातिक सूचीमा हालिनेछ ।

यो वार्ता गराउन जुटेका सुदन गुरुङले सार्वजनिक गरेको विवरण अनुसार यो सहमतिपछि अब बालेन तेस्रो वरीयतामा हुनेछन् ।

‘कुलमान दाइले रवि दाइलाई सभापति मानेर जान तयार हुनुभयो, कुलमान दाइको हैसियत अब दोस्रो वरीयता हो’, रास्वपाका एक नेताले भने, ‘बालेन्द्र दाई तेस्रो वरीयतामा बस्नु हुन्छ । त्यसपछि अरु अटाउनेछन् ।’

यो सहमतिसँगै उपसभापति डीपी अर्याल चौथो र डा. स्वर्णिम वाग्लेको वरीयता पाँचौँ भएको छ। अहिले बालेन, कुलमान र रविले सहमतिपत्रमा हस्ताक्षर गरिरहेका छन्। केही समय पछाडि सहमतिपत्र सार्वजनिक गरिँदैछ ।

कुलमानसँग सहमतिका लागि सुधनले अशिम शाहको घरमा जुटाएका थिए । सुधनले कुलमानलाई उज्यालो नेपालको बैठकस्थल बौद्धबाट उठाएर हिँडेका थिए ।

एकतापछि तीनैजना नेताहरू निर्वाचन आयोगमा गएर समानुपातिकको सूची बुझाउने तयारी गरिएको छ। तीनै नेताले आ-आफ्नो पक्षका समानुपातिक उम्मेदवार फाइनल गरिरहेका छन् । नेताहरूका अनुसार चुनाव चिह्न घन्टी र नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने गरी तीन नेताहरूबीच सम्झौता भइरहेको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टीबाहेक अरु हुँदैन। यसमा नेताहरुले सहमति गरिरहनुभएको छ’, बालेननिकट एक नेताले भने, ‘अब पार्टीमा जोसुकै आए पनि राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घन्टी नै हुन्छ।’

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : ५७ बजे

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक