पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन « Khabarhub

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएका छ ।

एमालेका सचिव डा राजन भट्टराईले सातवटै प्रदेश कमिटीलाई जिल्ला कमिटीबाट आएका उम्मेद्वारको नामावली यही पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको जानकारी दिए । उनका अनुसार यसरी उम्मेद्वारको नामावली पठाउँदा एक निर्वाचन क्षेत्रबाट एक जना महिला उम्मेद्वारसहित कम्तीमा तीन जनाको नाम पठाउन भनिएको छ ।

“एक निर्वाचन क्षेत्र भएका जिल्लालाई पुस २० गतेभित्र छनोट गरी प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएका छौँ”, उनले भने, “एकभन्दा बढी निर्वाचन क्षेत्र भएकालाई पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी जिल्ला कमिटीबाट पठाइएका नामावली पठाउन भनेका छौँ ।”

जिल्ला कमिटीबाट आएका उम्मेद्वारको सूचीलाई प्रदेश कमिटीले जस्ताको तस्तै पठाउन पनि सक्ने र नाम थप गरेर पनि पठाउन सक्ने पार्टी सचिव डा भट्टराईले जानकारी दिए । पार्टीले एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा जिल्ला कमिटीको सिफारिस र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय निर्वाचन कमिटीले एक महिलासहित कम्तीमा तीन जनाको नाम सिफारिस गर्न भनिएको छ ।

तल्लो तहबाट आएका उम्मेद्वारमध्ये मापदण्डका आधारमा निर्वाचन जित्ने उम्मेद्वारलाई पार्टीले टिकट दिने सचिव डा भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ८ : ३३ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२