कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ? « Khabarhub

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रम जारी रहेको छ ।

गएराति १२ बजेसम्म धरौटी बुझाएर निस्सा लिएका दलहरुले आज बिहान १० बजेसम्म बन्दसूची बुझाउन पाउने छन् ।

विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अहिलेसम्म आयोगमा पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेको छैन ।

बन्दसूची लिएर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार निर्वाचन आयोगमा पुगेको भए पनि सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएपछि ढिला भएको बताइएको छ ।

कांग्रेसमा उम्मेदवार छनोटमा विवाद हुँदा सूची बनाउने क्रममै ढिला भएको कांग्रेस स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : ५८ बजे

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु