यी हुन् कांग्रेसबाट समानुपातिकमा समावेश ११० उम्मेदवार (सूचीसहित) « Khabarhub

यी हुन् कांग्रेसबाट समानुपातिकमा समावेश ११० उम्मेदवार (सूचीसहित)


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारतर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि कांग्रेसले बन्दसूची बुझाउन सकेको थिएन । 

मंगलबार बिहान मात्रै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासहितका नेता सूची बुझाउन पुगेका थिए ।

तर त्यसपछि पनि सभापति देउवासँग सल्लाह गर्न नेताहरू आयोगबाट महाराजगञ्ज पुगेका थिए ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाइएको छ ।

बन्दसूचीमा २०६४ सालदेखिका समानुपातिक सांसदहरूलाई नराखिएको उनले बताए ।

कांग्रेसले बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा पदाधिकारीतर्फ सह-महामन्त्री भीष्मराज आङ्देम्बेले मात्र अवसर पाएका छन् । अन्य अधिकांश नयाँ अनुहार छन् ।

यसमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव र पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान पनि समेटिएका छन् । केही पूर्वमन्त्री र पूर्वसांसदले पनि यसमा मौका पाएका छन् ।

यस्तो छ ११० जनाको सूची

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : १५ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित