यी हुन् कांग्रेसबाट समानुपातिकमा समावेश ११० उम्मेदवार (सूचीसहित) « Khabarhub

यी हुन् कांग्रेसबाट समानुपातिकमा समावेश ११० उम्मेदवार (सूचीसहित)


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारतर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि कांग्रेसले बन्दसूची बुझाउन सकेको थिएन । 

मंगलबार बिहान मात्रै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासहितका नेता सूची बुझाउन पुगेका थिए ।

तर त्यसपछि पनि सभापति देउवासँग सल्लाह गर्न नेताहरू आयोगबाट महाराजगञ्ज पुगेका थिए ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाइएको छ ।

बन्दसूचीमा २०६४ सालदेखिका समानुपातिक सांसदहरूलाई नराखिएको उनले बताए ।

कांग्रेसले बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा पदाधिकारीतर्फ सह-महामन्त्री भीष्मराज आङ्देम्बेले मात्र अवसर पाएका छन् । अन्य अधिकांश नयाँ अनुहार छन् ।

यसमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव र पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान पनि समेटिएका छन् । केही पूर्वमन्त्री र पूर्वसांसदले पनि यसमा मौका पाएका छन् ।

यस्तो छ ११० जनाको सूची

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : १५ बजे

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई

थापाथलीको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाइएको छ ।