नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित « Khabarhub

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले चुली युवा क्लबलाई पराजित गरेको छ । 

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा भएको खेलमा एभरेष्ट भलिबल क्लबले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सान्त्वना जित हासिल गरेको छ । 

सेमिफाइनल समीकरणबाट बाहिरिइसकेको एभरेष्टले २५–१४, २५–५, २५–११ ले चुलीलाई पराजित गरेको हो । पराजित चुली युवा क्लब पनि सेमिफाइनल समीकरणबाट बाहिरिइसकेको छ ।

त्यस्तै बुधबार नै भएको महिलातर्फको खेलमा पुलिस क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले २५–३, २५–८ र २५–९ मधेशलाई पराजित गरेको हो । 

जितसंगैं पुलिसले सेमिफाइनलमा आर्मी क्लबको भेट पक्का गरेको छ । समूह ‘बी’ मा शतप्रतिशत नतिजा निकाल्दै पुलिस समूह विजेता बन्न सफल भयो । 

शुक्रबार हुने सेमिफाइनलमा पुलिस र आर्मी तथा एपिएफ र न्यु डायमन्ड स्पोर्टस क्लबसँगबीच प्रतिस्पर्धा हुने भलिबल संघले जनाएको छ । 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  २ : ०६ बजे

भृकुटीमण्डप अनुगमनमा पुगिन् मन्त्री श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले बुधबार

चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले चलचित्र विकास बोर्डलाई संविधानको मर्म र भावनाअनुसार

मुख्यमन्त्री शाहद्वारा लागूऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक