सरकार लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा-कांग्रेस नेता महत | Khabarhub Khabarhub

सरकार लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा-कांग्रेस नेता महत


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले कम्युनिस्ट नेतृत्वको सरकारले जनतालाई भ्रममा राखेर काम भन्दा बढी कुरा गर्ने गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा उनले कम्युनिस्टहरु काम भन्दा बढी कुरा गरेर जनतालाई आश्वासन देखाएर भ्रममा राख्ने गरेको आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकार इतिहासकै सबैभन्दा भ्रष्ट भएको जनगुनासो आएको बताउँदै लाेकतन्त्र समाप्त पार्ने गम्भीर षड्यन्त्रमा लिप्त भएको समेत आरोप लगाए ।

उनले देशमा भएका विकासका कामहरु कांग्रेसकै अगुवाइमा भएको दाबी गरे । सह-महामन्त्री महतले भने, ‘कांग्रेसले काम गर्छ, कम्युनिस्टले कुरा ।’

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ६ : ३८ बजे

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा

जेनजी आन्दोलन : विभिन्न क्षेत्रका छ सय २९ भवन पूर्ण क्षति

काठमाडौं – जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई

सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

जेनेभा – सुडानको जारी युद्ध यस वर्षको सुरुदेखि नै तीव्र

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर – मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका