सुनसरीमा कसरी चल्यो गोली ? सिटी चालकको मृत्यु « Khabarhub

सुनसरीमा कसरी चल्यो गोली ? सिटी चालकको मृत्यु


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकै गोली लागेर एक जनाको मृत्यु भएको हो। सशस्त्र प्रहरीका अनुसार गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको दुई वटा अटो सिटी सफारी चेकजाँच गर्न खोज्दा एउटा अटोमा सवार व्यक्तिले गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको खुलेको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार एसएलआरबाट पाँच राउन्ड गोली चल्दा सिटी चालक लौकलीका अन्दाजी ४५ वर्षीय विजयको घटनास्थलमै मृत्यु भएको हो ।

सिटी चालकको मृत्यु भएपछि उक्त स्थानमा सयौंको संख्यामा सर्वसाधारण जम्मा भएका छन् । स्थानीयको भीड बढेपछि प्रहरीले घटनास्थल नियन्त्रणमा लिन रिजर्भ टोलीले दुई सेल अश्रु ग्यास फालेर तितरवितर पारेको छ ।

यता प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ९ : २९ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन