१३औँ पोल्ट्री दिवस मनाइयो « Khabarhub

१३औँ पोल्ट्री दिवस मनाइयो


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर मनाइएको छ ।

नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र क्याम्पसका विद्यार्थीहरूको सहभागितामा पञ्चैबाजा, झाँकीसहित प्रभातफेरीका साथ दिवस मनाइएको हो ।

देशमा कुखुरापालन सुरु भएको दिनको सम्झनामा हरेक पुस १७ गते पोल्ट्री व्यवसायीहरूले यो दिवस मनाउने गरेका छन् ।

चितवन औद्योगिक प्रदर्शनी परिसरबाट प्रारम्भ भएको प्रभातफेरी चौबीसकोठी–हाकिमचोक–स्याउली बजार हुँदै पुनः प्रदर्शनी परिसरमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका अध्यापक विद्यार्थी, जिल्ला पशु सेवा कार्यालयका प्रमुख, भरतपुर महानगरपालिकाको पशुपन्छी प्रवर्द्धन शाखाप्रमुख, यहाँस्थित विभिन्न सरकारी निकायका प्रतिनिधि, नेपाल ह्याचरी उद्योग सङ्घ, नेपाल दाना उद्योग सङ्घ, नेपाल लेयर्स कुखुरापालक सङ्घ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी सङ्घ र चितवन नवलपुर दाना वितरक सङ्घका प्रतिनिधि सहभागी थिए । 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  १० : ३७ बजे

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग

१२ वर्षको मिहिनेत खेर गयो भन्दै सडकमा विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

तानसेन– यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ

सैन्य अभ्यास गर्दा ग्रिनेड विस्फोट : हुद्दाले ज्यान गुमाए, सहसेनानी घाइते

धनगढी- कैलाली बिहीबार एक सैनिक तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा

रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको छ : सोविता गौतम

काठमाडौं– कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा