महिला उद्यमशीलता प्रवर्द्धन गर्दै फुङ्लिङ नगरपालिका « Khabarhub

महिला उद्यमशीलता प्रवर्द्धन गर्दै फुङ्लिङ नगरपालिका


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– यहाँको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको छ । उत्पादित सामग्री बजारीकरणमा नगरपालिकाले सहजीकरण सुरु गरेको हो । विगत दुई वर्षदेखि नगरपालिकाले अल्लो सङ्कलन, प्रशोधन तथा कपडा बुन्ने तालिम आयोजना गर्दै आएको छ । 

वडा कार्यालयको समन्वयमा रेड पाण्डा नेटवर्क, हिमाली संरक्षण मञ्च, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला वन कार्यालय र फुङलिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा गएको दुई वर्ष तालिम सञ्चालन गरिएको थियो । 

तालिममा सहभागी महिलाहरुले फरुम्बो अल्लो कपडा उद्योग दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । १६ महिला आवद्ध भई सञ्चालन गरिएको उद्योगले विभिन्न किसिमका सामग्री उत्पादन गर्न थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । 

उद्यमीहरूलाई प्रोत्साहन गर्न स्थानीय सरकारले सहयोग गरेको वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले बताए । लिम्बूका अनुसार उद्योगमा उत्पादित झोला फुङ्लिङ नगरपालिका—१० फुरुम्बुका विद्यार्थीलाई वितरण गरिएको छ । वडा कार्यालयले खरिद गरी बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क वितरण गरेको हो । 

वडाको चालु आर्थिक वर्षको करिब पाँच लाख बजेटमा झोला खरिद गरी विद्यार्थीलाई वितरण गरिएको थियो । फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले तालिममा सिकेका सीपको सदुपयोग गर्न अनुरोध गरे । उद्योगमा कपडा, झोला, टोपी, गलबन्दी, रुमाललगायतका सामग्री उत्पादन हुँदै आएको छ । रासस

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  १२ : १७ बजे

काठमाडौंमा वर्ल्डकप क्रेज

काठमाडौं– सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई