‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस  « Khabarhub

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको छ ।

काठमाडौंको माइतीघर लगायत विभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो । आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन जनमतका नेताहरू लगायत माइतीघरमा सहभागी भएका थिए ।

उनीहरूले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, मधेसी एकता जिन्दाबाद, धोती भनेर हेप्न पाइँदैन, धोती हाम्रो राष्ट्रिय पोसाक हो लगायतका प्लेकार्ड देखाएका थिए ।

सो क्रममा जनमत पार्टीका वरिष्ठ नेता ममता झाले सबै जातजातिको आफ्नै भेसभुसा रहेको र त्यसलाई सबैले आफ्नो सम्पत्ति मान्नुपर्ने बताइन् । उनले भेसभुसाका आधारमा कसैलाई अपमानित गर्न नहुने बताइन् । 

जनमतले जनवरी १ तारिकका दिन हरेक वर्ष धोती दिवस मनाउँदै आएको छ । 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  २ : ४० बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको