‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस  « Khabarhub

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 


१७ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको छ ।

काठमाडौंको माइतीघर लगायत विभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो । आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन जनमतका नेताहरू लगायत माइतीघरमा सहभागी भएका थिए ।

उनीहरूले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, मधेसी एकता जिन्दाबाद, धोती भनेर हेप्न पाइँदैन, धोती हाम्रो राष्ट्रिय पोसाक हो लगायतका प्लेकार्ड देखाएका थिए ।

सो क्रममा जनमत पार्टीका वरिष्ठ नेता ममता झाले सबै जातजातिको आफ्नै भेसभुसा रहेको र त्यसलाई सबैले आफ्नो सम्पत्ति मान्नुपर्ने बताइन् । उनले भेसभुसाका आधारमा कसैलाई अपमानित गर्न नहुने बताइन् । 

जनमतले जनवरी १ तारिकका दिन हरेक वर्ष धोती दिवस मनाउँदै आएको छ । 

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  २ : ४० बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री