समानुपातिक बन्दसूचीलाई लिएर ललितपुरको तीनै क्षेत्रका कांग्रेसीजन असन्तुष्ट « Khabarhub

समानुपातिक बन्दसूचीलाई लिएर ललितपुरको तीनै क्षेत्रका कांग्रेसीजन असन्तुष्ट


१७ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसका तीन वटै क्षेत्रले असन्तुष्टि जनाएका छन् ।  

प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूची ललितपुरबाट एक जनालाई पनि समावेश नगरिएको भन्दै कांग्रेस ललितपुरका तीन वटै क्षेत्रका सभापतिहरूले बिहीबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

उनीहरूले सूची संशोधन गर्ने म्यादभित्र ललितपुरबाट कम्तीमा प्रत्येक क्षेत्रबाट एक जनाको दरले तीन जनाको नाम सिफारिस गर्न माग गरेका छन् । आफ्नो मागको सुनुवाइ नभए ललितपुरको तीन वटै निर्वाचन क्षेत्रमा समानुपातिक मत घट्न गएमा जिम्मेवार नहुने चेतावनी दिएका छन् । 

असन्तुष्ट समूहको ध्यानाकर्षण बुझ्दै कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ध्यानाकर्षणका विषयमा पार्टी नेतृत्वलाई जानकारी गराइने बताए । 

उनले पार्टीको महाधिवेशनको तयारीकाबीच हतारमा समानुपातिक सूची बनाउँदा केही कमजोरी भएको हुन सक्ने भन्दै यसका कारण आगामी निर्वाचन पार्टीको भूमिकालाई कमजोर हुने काम नगर्न आग्रह गरे । 

कांग्रेस ललितपुरका तीन वटै क्षेत्रका सभापतिले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा आफूहरूले राखेको विषयमा कांग्रेस जिल्ला कार्यसमितिको पनि समर्थन रहेको जनाएका छन् । 

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ३ : ५३ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री