निर्वाचनको वातावरणका निर्माणका लागि संसद् पुनर्स्थापनाको मुद्दा टुङ्गोमा पुर्‍याउन आग्रह « Khabarhub

निर्वाचनको वातावरणका निर्माणका लागि संसद् पुनर्स्थापनाको मुद्दा टुङ्गोमा पुर्‍याउन आग्रह


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन अदालतमा रहेको संसद् पुनर्स्थापनाको मुद्दा चाँडो टुङ्गोमा पुर्‍याउन आग्रह गरेका छन् । 

बिहीबार विराटनगरमा आयोजना गरिएको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मुलुकको शान्ति सुरक्षाको अवस्थाका कारण निर्वाचनको वातावरण नबनेको अवस्थामा संसद् पुनर्स्थापनाको मुद्दाले अन्योल थपेको बताए । 

उनले निर्वाचन भए पनि मुलुकले राजनैतिक निकास नपाउने अवस्था रहेकोले अन्योलको अवस्था चिर्न र निर्वाचनको वातावरण बनाउन राजनैतिक दलहरूको क्रियाशीलता बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले संसद् पुनर्स्थापना गरी संविधान संशोधन गरेर जेन्जीहरुको माग सम्बोधन गर्न सकिने बताए । 

कार्यक्रममा प्रेस चौतारी मोरङले स्थापना गरेको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार पत्रकार रेणु पराजुलीलाई प्रदान गरिएको छ । मुख्यमन्त्री कार्की लगायतले पत्रकार पराजुलीलाई नगद २१ हजार नगद सहित सम्मान पत्र प्रदान गरे ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ६ : १६ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको