प्रचण्डले जितेको गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो « Khabarhub

प्रचण्डले जितेको गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनलाई एमालेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार पनि सिफारिस गरेको थियो ।

यस पटक पनि उम्मेदवारमा सिफारिस भएपछि उनले यो निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा जनसमुदाय, युवा तथा जेन-जी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको दाबी गरेका छन् ।

गुरुङले आफू वि.सं. २०५० सालतिरदेखि नै एमालेमा सक्रिय रहँदै आएको बताएका छन् । ‘पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील छु’, उनले भनेका छन्, ‘समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएकाले गोरखाली जनताले मलाई जिताएर संसद्मा पठाउनेमा ढुक्क छु ।’

एमाले नेता-कार्यकर्तालाई लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आए पनि उनी पटक पटक गुण्डार्दी आरोपमा समातिएका छन् ।

‘कहिलेकाहीँ मलाई ‘गुण्डा’ जस्ता आरोप लगाएर दुःख दिने प्रयास भएको छ’, उनी भन्छन्, ‘म एक साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित रहेको छु । म समाजसेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो ।‘

गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य एवम् गोरखानिवासी प्रविण अधिकारीले जो कोही निस्वार्थ राजनीति र समाजसेवाका लागि अघि बढ्छन् भने गोरखामा स्वागत गर्नुपर्ने बताए ।

‘आज गोरखाका आमयुवा मात्रै होइन, जेन-जी पुस्ताको समेत साझा उम्मेदवारका रूपमा मिलन गुरुङलाई हेरिएको छ। युवाको वास्तविक आवाज संसद्सम्म पुर्‍याउन उनी सक्षम नेतृत्व हुन्’, उनी भन्छन् ।

चक्रेमिलन सिफारिस गोरखा २ बाट २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड विजयी भएका थिए । तर फागुन २१ को निर्वाचनमा उनी त्यहाँबाट नलड्ने सम्भावना बलियो छ । प्रचण्डले २०७९ मा जितेको यही क्षेत्रमा एमालेले चक्रे मिलनको नाम अघि सारेको हो ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ३ : १४ बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली