बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग « Khabarhub

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई लाखौँ मूल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

नेपाल गाजा डेपलभमेन्ट फाउन्डेसन र फेयरमेड फाउनडेसनका साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले जिल्ला सदरमुकामदेखि दूरदराजसम्मका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

परियोजनाले ११ लाख २६ हजार २०० को स्वास्थ्य सामग्री तथा फर्निचर उपलब्ध गराएको छ । काठेखोलाका तीन स्वास्थ्य संस्थामा दुई लाख ८० हजार ३९५, निसीखोलाका आठ स्वास्थ्य संस्थालाई एक लाख १८ हजार ७२९, ढोरपाटनका पाँच स्वास्थ्य संस्थालाई एक लाख २८ हजार ७१८, जैमिनी नगरपालिकाका चार वटा स्वास्थ्य संस्थालाई ५४ हजार १२७ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराएको परियोजनाका अनुगमन अधिकृत सुजन पौडेलले जानकारी दिए ।

त्यसैगरी, बडिगाडका गाउँपालिकाका आठ स्वास्थ्य संस्थालाई एक लाख ३२ हजार ३३४, बागलुङ नगरपालिकाका छ वटा स्वास्थ्य संस्थालाई एक लाख ९६ हजार ५७४, गलकोटका दुई स्वास्थ्य संस्थालाई ४६ हजार ६६९, ताराखोलाका चार वटा स्वास्थ्य संस्थालाई ६५ हजार ८२२, तमानखोलाका पाँच वटा स्वास्थ्य संस्थालाई ५९ हजार २१२ र बरेङ गाउँपालिकाका चार वटा स्वास्थ्य संस्थालाई ४३ हजार ६१८ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराइएको हो ।

परियोजनाले प्रसूति प्रतीक्षा घरसमेत निर्माण गरिदिएको छ । बिरामीका लागि स्पाइनल बोर्ड, स्टे«चर, व्हीलचियर, पेरिलाइट, इएनटी सेट, कलर बकेट, निडिल कटर, सर्जिकल ड्रम, रक्तचाप नाप्ने सेट, टाइमरलगायतका महत्वपूर्ण सामग्रीहरु उपलब्ध गराएको जनाइएको छ । (रासस)

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ७ : १७ बजे

पञ्चतत्त्वकाे पालाम : अक्षरभित्र ब्रह्माण्डको ऐना 

मनप्रसाद सुब्बा भारतीय–नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत्

१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी

रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा