‘विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ’ « Khabarhub

‘विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ’


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको विधान अनुसार नै एन्फाको निर्वाचन गर्ने निर्णय गरेको बताएका छन् । 

एन्फाको अर्लि इलेक्सन गर्ने निर्णयप्रति विरोध भएपछि शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासचिव राईले विधान अनुसार नै चार वर्षको कार्यकाल सकिनु अघि नै निर्वाचन गर्ने निर्णय गरेको बताएका हुन् । 

उनले वर्तमान कार्यसमितिका बारेमा धेरै प्रश्न उठे पनि ताजा निर्वाचनमा जान विधान अनुसार अघि बढ्न खोजेको स्पष्ट पारे । आफू नियुक्त भएदेखि धेरै ठूला आरोप र आलोचना खेप्दै नेपाली फुटबललाई अहिलेको अवस्थामा ल्याउन सफल भएको उनको भनाइ छ ।  

एन्फा कार्यसमितिको पुस १६ गते बसेको बैठकले आगामी माघ २८ गते झापामा निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, केही सदस्यहरूले उक्त निर्णय विधान विपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी भएको आरोप लगाउँदै विरोध गर्दै आएका छन् । 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ६ : ४५ बजे

गुल्मीको भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक स्थापना

गुल्मी– लाहुरेहरूको गाउँका रूपमा परिचित गुल्मीको सत्यवती गाउँपालिका– ८ भार्सेमा

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भत्कियो, सुधार गर्ने प्रतिबद्धता 

म्याग्दी– कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको

‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय

जीवनको उत्तरार्द्धमा अल्बर्ट आइन्स्टाइनलाई कसैले सोध्यो- ‘यदि पुनर्जन्म हुन्छ भने

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका