पेपेले दुई गोल गर्दा आर्सनल हारबाट जोगियो « Khabarhub

पेपेले दुई गोल गर्दा आर्सनल हारबाट जोगियो


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अतिरिक्त समयमा मैदान छिरेका निकोलस पेपेको दुई गोलको मद्दतमा आर्सनल युरोपा लिगमा हारबाट जोगिएको छ ।

गएराति इमिरेट्स स्टेडियममा भएको खेलमा इंग्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब भिक्टोरिया स्पोर्टस्लाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

खेलमा सुरुवाती दुई गोल भने भिक्टोरियाले गरेको थियो । खेलको आठौ मिनेटमा इडवार्डस्ले भिक्टोरियाका लागि गोल गरेका थिए ।
आर्सनलका जीतमा पेपेले दुई गोल गरे भने मार्टिनीले एक गोल गरेका थिए ।

भिक्टोरियाका लागि इडवार्ड र डाउरटे सिल्भाले एक गोल गरेका थिए ।

जितसँगै समूह एफको आर्सनलले शतप्रतिशत जितलाई कायम राखेको छ । शीर्ष स्थानको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । ३ खेलमा ३ हार व्यहोरेको भिक्टोरिया पुछारमा रहेको छ ।

अर्को खेलमा जर्मन क्लब फ्रान्कफर्टले स्टान्डर्ट लिगेलाई २(१ ले हराएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ६ : ४९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन