राष्ट्रिय भलिबल च्याम्पियनसिपको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबलाई « Khabarhub

राष्ट्रिय भलिबल च्याम्पियनसिपको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबलाई


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै हेल्प नेपाल स्पोर्टस क्लबले नवौँ एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा हेल्प नेपालले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै प्रतियोगिताको उपाधि जितेको हो । हेल्प नेपालले आर्मीमाथि २५–२१, २५–२१ र २५–२१ ले जित निकाल्यो ।

सोही मैदानमा आजै भएको महिलातर्फको फाइन खेलमा न्यू डायमन्ड एकेडेमीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै महिलातर्फको उपाधि जितेको छ ।

फाइनलमा न्यू डायमन्डले सुरुदेखि नै दबाब कायम राख्दै पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पा¥यो ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ९ : १८ बजे

आमाको अनुस्थितिमा बावु–छोरी कथामा दयाहाङ स्टार ‘मिरमिरे’को ट्रेलर

काठमाडौं – नायक दयाहाङ राई, प्रकाश सपुत र नायिका सिर्जना

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका नौ उम्मेदवार : को-को परे ?  

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय सभाका नौ उम्मेदवारको नाम टुंगो

चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित

सुदूरपश्चिम– लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले

कार्यसम्पादन समिति बैठकका लागि सानेपा पुगे नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

चाकु बनाउन व्यस्त छन् ललितपुरका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग