अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च मूल्याङ्कन हुनु नेपालको गौरव– नेता नेपाल « Khabarhub

अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च मूल्याङ्कन हुनु नेपालको गौरव– नेता नेपाल


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उच्चतम् मूल्याङ्कन हुनु समग्र नेपालीका लागि गौरवको विषय भएको बताएका छन् ।

नेपाल आप्रो एशियाली जन एकता सङ्गठनले आयोजना गरेको ‘संयुक्त राष्ट्रसङ्घ र शान्ति मिसनमा नेपालको सहभागिता’ विषयक अन्तक्र्रियामा नेता नेपालले संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनमा नेपालबाट खटिएका सुरक्षाकर्मीले देखाएको व्यावसायिकता र क्रियाशीलताले गर्दा सफलता कायम भएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

पूर्वरथी बालानन्द शर्माले संयुक्त राष्ट्रसङ्घको १७ वटा मिसनमध्ये १४ मिसनमा शान्ति स्थापनार्थ नेपाली सुरक्षाकर्मी खटिएको जानकारी दिए । कूटनीतिज्ञ जयराज आचार्यले संयुक्त राष्ट्रसङ्घको निर्देशनमा द्वन्द्वग्रस्त स्थानमा नेपाली सेना र प्रहरीले शान्ति स्थापनार्थ महत्वपूर्ण भूमिका निर्वाह गरेकाले नेपालको अन्तर्राष्ट्रिय तहमा राम्रो छवि रहेको बताए । सङ्गठनका अध्यक्ष हीरण्यलाल श्रेष्ठले सुडान र हैटीमा नेपाली सुरक्षाकर्मीले राम्रो प्रभाव पार्न नसकेको बताउँदै त्यसदेखि अन्य मुलुकमा राम्रो सफलता कायम गरेको बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ७ : २४ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष