आँखा चिलाउँछ ? यो हो समाधानको उपाय « Khabarhub

आँखा चिलाउँछ ? यो हो समाधानको उपाय


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वायु प्रदुषणका कारण मानिसलाई आँखा सम्बन्धी समस्या देखा पर्ने गरेका छन् ।

ग्रामिण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा आँखा सम्बन्धी रोगका विरामीको संख्या बढ्दो छ । वायु प्रदूषणका कारण मानिसलाई आँखा बिझाउने, चिलाउने, पोल्ने समस्याले सताउने गर्छ ।

आँखा मानिसहरुको संवेदनशील अंग भएको हुँदा कुनै पनि रोग लाग्न दिनुहुँदैन । हामीले जहिले पनि बाहिरबाट आएपछि  आँखालाई चिसो पानीले धुनुपर्छ । आँखा चिलाउने समस्याबाट बच्ने केही उपायहरु यस्ता छन्–

– चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ । कपासलाई चिसो दूधमा केही समय भिजाएर त्यसलाई बेला बेलामा आँखाको वरिपरि राख्नाले पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ ।

– घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ । घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ ।

–आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ । त्यसको लागि पानीको फोर्स भने धेरै हुनु हुँदैन ।

– गुलाव जलको प्रयोयद्वारा पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै हुन्छ ।

– चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । यस्ता आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ । किन्नुअघि चिकित्सकको सल्लाह लिन भने निकै आवश्यक मानिन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ७ : ४७ बजे

धोबीखोला करिडोरका सुकुम्वासी बस्तीमा डोजर, हेर्नुहोस् ड्रोन भ्यू

काठमाडौं– शनिबार काठमाडौंको धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण

अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय, चार सदस्यीय छानबिन समिति गठन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

इलाम– माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् ।

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

एजेन्सी– अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा