भेनेजुएलामा अमेरिकी आक्रमणको नेकपा (संयुक्त) द्वारा कडा निन्दा « Khabarhub

भेनेजुएलामा अमेरिकी आक्रमणको नेकपा (संयुक्त) द्वारा कडा निन्दा


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र त्यहाँका निर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी न्यूयोर्क लगिएको घटनाप्रति कडा निन्दा गरेको छ।

नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जारी गरेको प्रेस वक्तव्यमा उक्त अमेरिकी आक्रमणको कडा निन्दा गरिएको हो ।

वक्तव्यमा अमेरिकाको कदमलाई आधुनिक मानव सभ्यतालाई लज्जित तुल्याउने कार्य भएको उल्लेख गरिएको छ।

वक्तव्यमा यसलाई भेनेजुएलाको सार्वभौमसत्ता र स्वतन्त्रतामाथिको ठाडो हमला मात्र नभई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको वडापत्रको समेत उल्लङ्घन भनिएको छ।

नेकपा (संयुक्त) ले अमेरिकी साम्राज्यवाद विश्वशान्तिका लागि सधैं खतरा रहँदै आएको उल्लेख गर्दै एकपछि अर्को देशमाथि आक्रमण गर्ने, कठपुतली सरकार खडा गर्ने र त्यहाँका साधन स्रोत लुट्ने प्रवृत्ति साम्राज्यवादको चरित्र भएको जनाएको छ।

भेनेजुएलामाथिको आक्रमण त्यहाँको प्रचुर खनिज तेल लुट्ने र उक्त क्षेत्रका अन्य देशमाथि हस्तक्षेपको तयारीका रूपमा देखिएको पनि उसले जनाएको छ।

वक्तव्यमा अमेरिकालाई तत्काल आक्रमण रोक्न माग गरिएको छ। साथै उक्त आक्रमणको विरोधमा एकताबद्ध हुन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै साम्राज्यवादविरुद्ध वेनेजुएलाका जनताको प्रतिरोधप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ४ : ३१ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो