केपी ‍ओलीसँग मानवअधिकार आयोगले लियो बयान « Khabarhub

केपी ‍ओलीसँग मानवअधिकार आयोगले लियो बयान


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको दमन र हिंसाबारे राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोधपुछ गरिरहेको छ ।

आयोगले ओलीसँग आइतबार अपराह्न जेन-जी आन्दोलनमा भएको दमन, विध्वंश र हिंसाबारे सोधपुछ गरेको हो सदस्य लिली थापाले बताएकी छन् ।

जेन-जी आन्दोलनमा भएको दमन र हिंसालाई लिएर आयोगले यसअघि पनि दर्जनौँ व्यक्तिसँग बयान लिइसकेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहदेखि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयोगले सोधपुछ गरिसकेको छ।

ओली प्रधानमन्त्री भएका बेला भदौ २३ गते काठमाडौं र इटहरीमा १९ जनाले ज्यान गुमाएका थिए । भोलिपल्ट भदौ २४ गते मच्चाइएको विध्वंशका क्रममा देशभर अर्बौँको सरकारी र निजी भौतिक संरचना ध्वस्त पारिएको थियो ।

ती दुई दिनमा आन्दोलनमा उत्रिएका २३ जनासहित ७६ जनाले ज्यान गुमाएका थिए । १० जना कैदी पनि मारिएका थिए । त्यस्तै लुटपाट र आगजनीमा उत्रिएकाहरूले पनि ठूलो संख्यामा ज्यान गुमाउन पुगेका थिए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ५० बजे

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’