गुन्डागर्दी नगरि चुनाव जित्न सकिदैन भन्ने भाष्य सिर्जना गरियो : नेता शिवाकोटी  « Khabarhub

गुन्डागर्दी नगरि चुनाव जित्न सकिदैन भन्ने भाष्य सिर्जना गरियो : नेता शिवाकोटी 


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेकपा एमाले दोलखाबाट आगामी फागुनमा हुने प्रतिनिधि सभा  निर्वाचनको लागि केन्द्रिय सदस्य पार्वत गुरुङको नाम एकल सिफारिस गरिएको घोषणापछि सचिवालय सदस्य बालकृष्ण शिवाकोटीले आकस्मिक पत्रकार सम्मेलन गर्दै नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्।

नेता शिवाकोटीले दोलखाको निर्वाचन जित्न गुन्डागर्दीबिना सकिदैन भन्ने जिल्ला नेतृत्वले भाष्य सिर्जना गर्दै उम्मेदवार सिफारिस गरिएको भन्दै जिल्ला नेतृत्व प्रति गम्भीर आरोप लगाए।

उनले पार्टी विधि, विधान विपरीत चलिरहेको प्रक्रिया लत्याएर मनपरी एकल सिफारिस गर्नु दोलखाको जनमत, विधि र पार्टी संस्कृतिमाथिको ठाडो अपमान हो। यस्तो निर्णय मान्य नहुने पत्रकार सम्मेलनमा सुनाए।

उनले ३ जना आकांक्षीको नाम हटाएर गरिएको एकल सिफारिसलाई नियोजित खेल भन्दै नेतृत्वलाई सचेत गराए। शिवाकोटीले गत २०७९ को निर्वाचनमा गठबन्धन दलसँग झिनो मतअन्तर पराजयलाई भएको बहाना बनाएर आफूलाई कमजोर उम्मेदवार भन्नु नियोजित चरित्रहत्या भएको बताए।

जनताले दिएको समर्थन र विश्वासलाई यसरी तोडिन नदिने बताए। साथै नेता शिवाकोटीले पत्रकार सम्मेलनमा एकल उम्मेदवारको नाम सिफारिस भएपछि दोलखाका धेरै एमाले नेता कार्यकर्ताले राजीनामा दिने बताइरहेको समेत उल्लेख गरे।

एमाले दोलखाको शुक्रबार र शनिबार बसेको बैठकले गुरुङको नाम एकल सिफारिस गरेसँगै पार्टी भित्रको विवाद सतहमा आएको हो।

यसैबीच एकल उम्मेदवार सिफारिस गरिएसँगै एमाले दोलखा प्रचार विभाग प्रमुख हरि ओलीलगायतका जिल्ला नेताले जिल्ला कार्यसमितिको पदबाट राजिनामाको घोषणा गरेका छन्। एमाले उपसचिव समेत रहेका नेता ओलीले पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिने घोषणा गरेका हुन।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ४९ बजे

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन