बेटिसको पोस्टमा रियलले गर्‍यो पाँच गोल : गोन्जालोकोे ह्याट्रिक « Khabarhub

बेटिसको पोस्टमा रियलले गर्‍यो पाँच गोल : गोन्जालोकोे ह्याट्रिक


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल मड्रिडले शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियलले बेटिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुदेखि नै आक्रामक देखिएको रियलका लागि गोन्जालो गार्सियाले ह्याट्रिक पूरा गरे ।

गोन्जालोले पहिलो हाफमा एक र दोस्रो हाफमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको २०, ५० र ८२ औं मिनेटमा गोल गरेका हुन् ।

रियलका लागि थप दुई गोल राउल असेन्सियो र फ्रान गार्सियाले गरे । असेन्सियोले खेलको ५६ मिनेटमा गोल गरेका थिए भने गार्सियाले थप समयको तेस्रो मिनेटमा गोल गरेका हुन् । बेटिसका लागि सान्वना गोल कुचो हर्नान्डेजले खेलको ६६ औं मिनेटमा गरे ।

यो जितसँगै १९ खेल खेलेको रियलले ४५ अंक जोडेको छ । रियल तालिकाको दोस्रो स्थानमा छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलमा ४९ अंक छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : १७ बजे

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’