कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो ।

कार्यसम्पादन समितिको उक्त निर्णयसँगै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेषे महाधिवेशनको तयारी गरेपछि आज फेरि कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

गत असोज २९ गने कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कूल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ४८८ जनाले विशेष महाधिवेशनको माग गरेका छन् ।

कांग्रेसको विधानअनुसार कूल प्रतिनिधिको ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने प्रावधान छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ४२ बजे

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

न्यु जर्सी – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०