पाँचदिने ‘भिडियो आर्ट इन्स्टलेसन’ कार्यशाला सुरु « Khabarhub

पाँचदिने ‘भिडियो आर्ट इन्स्टलेसन’ कार्यशाला सुरु


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजदेखि ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु भएको छ ।

नक्सालस्थित प्रतिष्ठानमै आयोजित कार्यशालाको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गरे। उनले भिडियो आर्ट इन्स्टलेसनको पृष्ठभूमि तथा यसको विगत, वर्तमान तथा भविष्यसँगको तादात्म्यबारे प्रकाश पारेका थिए । 

कुलपति हार्तम्छालीले भिडियो आर्ट इन्स्टलेसनमा यसको ‘कन्टेन्ट’, ‘कन्सेप्ट’, ‘टुल्स’ तथा ‘टेक्निक’को विषयबारे आफ्नो धारणा राख्दै सामाजिक रूपान्तरणका लागि यो कलाको सौन्दर्यशास्त्र तथा सौन्दर्य कलाको संयोजन गरी ‘कल्चरल गाइडलाइन’का आधारमा  कला सिर्जना हुनुपर्ने बताए। 

प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले कार्यशाला विशेष रहेको र कार्यशालामा सहभागीलाई यसको अवधारणाका बारेमा ध्यान दिन आग्रह गरे। उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै जाने बताए।

कार्यक्रमका सहजकर्ता प्राज्ञ जुपिटर प्रधानले  भिडियो आर्ट इन्स्टलेसनको विश्व ऐतिहासिक पृष्ठभूमि तथा नेपालमा यस कलाको सुरुवात सन् १९८७ मा ‘फस्र्ट एनिमेसन आर्ट वर्कसप’सँगै भएको र तत्पश्चात् यसको चरणबद्ध विकासको विस्तृत व्याख्या गर्दै कार्यशालामा सहभागी कलाकारहरूलाई भिडियो आर्ट इन्स्टलेसनसम्बन्धीे प्राविधिक ज्ञान तथा अवधारणा विकासलगायतका विषयमा जानकारी दिए  ।

शुक्रबारसम्म सञ्चालन हुने कार्यशालामा डिभा लिम्बू, सविना तामाङ, सरिना लामिछाने, करिमा जोशी, सुशीला मोक्तान, क्रिस्टोफरमान सिंहले सहभागिता जनाएका छन्।  

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ०१ बजे

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले