नेपाली क्रिकेट टिमको वर्ल्ड कप जर्सीको मूल्य कति ? « Khabarhub

नेपाली क्रिकेट टिमको वर्ल्ड कप जर्सीको मूल्य कति ?


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र श्रीलंकामा हुने सन् २०२६ आईसीसी पुरुष टी–२० विश्वकपमा लगाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र आधिकारिक किट पार्टनर ‘टी१० स्पोर्ट्स्’ को सहकार्यमा जर्सी सोमबार सार्वजनिक गरिएको हो ।

जर्सी सार्वजनिक भएसँगै क्यानले जर्सीको मूल्यसमेत सार्वजनिक गरेको छ । देशभरका भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुनेछ । क्यानले सार्वजनिक गरेको प्लेयर इडिसनको जर्सीको मूल्य ३४९९ रुपैयाँ रहेको छ ।

त्यसैगरी रेप्लिका इडिसन र फ्यान इडिसन भनेर क्यानले फरकफरक मूल्य राखेको छ । रेप्लिका इडिसनको मूल्य १५९९ तोकिएको छ भने फ्यान इडिसनको मूल्य ७९९ रहेको छ ।

२०२६ को विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुँदैछ । नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्दैछ। अहिले विश्वपको ट्रफी टुर नेपाल आइपुगेको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १० : २३ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका