भद्रपुरमा औद्योगिक तथा व्यापार महोत्सव हुने « Khabarhub

भद्रपुरमा औद्योगिक तथा व्यापार महोत्सव हुने


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा– मुलुककै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना गरिने भएको छ । 

झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सव आगामी माघ ७ देखि २१ गतेसम्म मेची रङ्गशालामा हुनेछ । 

‘समृद्धिको आधार, आर्थिक विकास: कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ महोत्सव आयोजना हुने सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईले बताए । 

जेन-जी आन्दोलनपछि निजी क्षेत्रमा फैलिएको निराशा र त्रासलाई चिर्न महोत्सवले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको उनले बताए ।

महोत्सवमा घरेलु, कृषि, पर्यटन, अन्तर्राष्ट्रिय वस्तु तथा सेवाहरूको प्रवर्द्धनका लागि एक सयभन्दा बढी स्टल रहनेछन् । 

एक करोड २० लाख अनुमानित खर्च लाग्ने महोत्सवबाट कम्तीमा १० करोडको कारोबार हुने र एक लाख अवलोकनकर्ता आउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए । 

महोत्सव सफल बनाउन विभिन्न नौवटा उपसमिति गठन गरिएको छ । 

आदित्य पराजुली संयोजक रहने गरी आर्थिक सङ्कलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बू संयोजक रहने गरी मञ्च व्यवस्थापन समिति, पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचारप्रसार समिति, रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकाशन समिति, अम्बिका पोखरेलको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको उनले बताए । 

भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले महोत्सव सफल बनाउन भद्रपुर नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्ने बताएकी छन् । रासस
 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ११ : २० बजे

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न