हातखुट्टा झमझम्याउँछ ? यस्तो हुनसक्छ कारण « Khabarhub

हातखुट्टा झमझम्याउँछ ? यस्तो हुनसक्छ कारण


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं हातखुट्टा झमझम गरेर चिन्तामा पर्ने गर्नु भएको होला । कहिलेकाँही यत्तिकै हातखुट्टा झमझमाउने समस्या पनि देखा पर्छ । यसका कारण धेरैले अस्पताल धाउनु परेको हुन्छ ।

धेरै जसोमा मानसिक तनावका कारणले गर्दा यस्तो समस्या आउने चिकित्सकहरु बताउँछन् ।

त्यस्तै डाइभिटिजका बिरामीलाई पनि यस्तो समस्या देखिने गर्छ यो सामान्य समस्या हो । वाथ रोग वा युरिक एसिडका कारण पनि हात छुट्टा झमझमाउने समस्या देखा पर्न सक्छ । यसैगरी भिटामिन बी १२, बी ६ को कमीले पनि यस्तो हुन सक्छ ।

हातखुट्टा वा शरीरका विभिन्न भाग झमझमाउनुमा नसा सम्बन्धी समस्या पनि हुन सक्छ । कहिलेकाँही नसा च्यापिएर पनि यस्तो समस्या देखा पर्न सक्छ ।

स्पाइनल कडमा ट्युमर वा इन्फेक्सन भएपनि यस्तो समस्या हुन्छ । चोटपटकबाट घाइते हुँदा पनि यस्तो हुन्छ । अर्को कारण सिरिङ्गोमायलिया हो । यो भनेको स्पाइनलमा पानी जम्ने हुन्छ । कतिपय अवस्थामा भने दिमागको पुगेको चोटले पनि यस्तो हुन्छ ।

एक दुईपटक यस्तो भयो भनेर चिन्तित हुन हुँदैन । यदी भयो भने तनाव कम गर्ने उपाय तिर लाग्नु पर्छ । तर लामो समय भएको खण्डमा भने चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ११ : ३३ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी