राष्ट्रिय सभा निर्वाचन : कांग्रेस र एमालेसहित चार दलबीच यसरी गरियो भागबन्डा « Khabarhub

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस र एमालेसहित चार दलबीच यसरी गरियो भागबन्डा


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच भागबन्डा हुने भएको छ।

यी दलहरू गठबन्धन गरेर माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सिटको निर्वाचनमा जान लागेका हुन् ।

राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमसहित १८ जनाका लागि हुने निर्वाचनमा चारै दलले भागबण्डामार्फत् अगाडि बढ्ने अवस्था रहेको ब्रिफिङ अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एमाले सचिवालय बैठकमा गरेका छन् ।

ओलीको ब्रिफिङ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भागबण्डाबारे छलफल भइसकेको छ । यसमा अब उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वको जसपा नेपाल पनि जोडिनेछ ।

छलफलमा कांग्रेस र नेकपा पनि सकारात्मक रहेकाले राष्ट्रिय सभामा सिट बाँडफाँट हुने निश्चित भएको ब्रिफिङ ओलीले गरेका हुन् । उनले सबै मिल्दा भागबन्डाका क्रममा १, २ सिट तलमाथि हुने पनि बताए ।

‘राष्ट्रिय सभामा एमाले, कांग्रेस, नेकपा लगायत मिलेर जाने अवस्था देखिन्छ । सिट बाँडफाँड भइसकेको छ’, ओलीको ब्रिफिङबारे एमालेका एकजना सचिवालय सदस्यले भने, ‘कांग्रेसले ८, एमालेले ७, नेकपाले २ र जसपाले एक सिट लिने भद्र सहमति भएको ब्रिफिङ ओलीले गर्नुभएको छ। उहाँले १,२ सिट तलमाथि हुन सक्ने पनि बताउनु भएको छ।’

जनता समाजवादी पार्टीलाई मिलाएर जाँदा कांग्रेसको भागमा अन्तिमसम्म ७ सिट मात्रै पर्न सक्ने नेता रमेश लेखक बताउँछन्। उनी र कार्यवाहक सभापति पूर्णबहादुर खड्का सोमबार बेलुका यहीबारेमा कुरा मिलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डू पुगेका थिए ।

तत्कालीन नेकपा माओवादी र एकीकृत समाजवादीबाट राष्ट्रिय सभा निर्वाचनमा आठ जनाको पद सकिँदैछ । अहिले यी दुईटा पार्टी मिलेर नेकपा बनेको छ।

नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल तयार भए त भन्ने प्रश्नमा एमालेका अर्का नेता भन्छन्, ‘प्रचण्ड कमरेडसँग अध्यक्षज्यूले भेट्दा पनि यो छलफल भएको रहेछ। उहाँहरू मिलेर नगए दुई सिट पनि पाउने अवस्था छैन । ठूलो दल कांग्रेस हो । ऊ तयार नहुँदासम्म कुरा मिल्ने कुरा थिएन । तर अहिले सहमति भइसकेको छ। यसैगरी भागबण्डा मिल्छ।’

ती नेताकाअनुसार प्रतिनिधि सभा निर्वाचनबारे छलफल भएको छैन। यता कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि नेकपा र एमालेसँग राष्ट्रियसभामा मिलेर जान तयार रहेको बताउँछन् ।

‘सामान्य छलफल भइसकेको छ, उम्मेदवारी दर्तापछि थप कुरा थाहा होला’, महतले भने, ‘अहिलेका लागि पद बाँडफाँटमा नेताहरू तयार भइसक्नुभएको छ । सिटमा पनि भद्र सहमति जुटेको छ ।’

नेकपाका नेता पनि चार पार्टी मिलेर जाने वातावरण रहेको बताउँछन् । तर विश्वासको संकट आए जे पनि हुनसक्ने उनी बताउँछन्।

‘सिट बाँडफाँटमा सहमति जनाएका छौं । विश्वासिलो वातावरणका लागि गर्न सकिने उपायबारे पार्टीमा छलफल भइरहेको छ’, नेकपाका ती नेताले भने,
‘हामीलाई सकेसम्म चार सिट मिले हुन्थ्यो भन्ने हो । तर त्यो अवस्था नरहेपछि छलफल गरिरहेका छौं।’

११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गतेलाई तोकिएको छ। एमालेका ८, नेकपा माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।

जसमा मधेश प्रदेशका ४, कोशी र लुम्बिनी प्रदेशका ३/३ तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका २/२ जना सदस्यको पदावधि २० फागुनबाट सकिन लागेको हो ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : ४९ बजे

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका

बालेनको ‘वाचापत्र’ सार्वजनिक, भ्रष्टाचारविरुद्ध उभिने सङ्कल्प: यी हुन् प्रमुख बुँदा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट