तत्कालीन ओली सरकारकै विरोधीलाई एमालेले बनायो राष्ट्रिय सभाको उम्मेदवार « Khabarhub

तत्कालीन ओली सरकारकै विरोधीलाई एमालेले बनायो राष्ट्रिय सभाको उम्मेदवार


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले तत्कालीन केपी ओली नेतृत्वको सरकारकै विरोध गर्ने व्यक्तिलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रिय सभामा खाली रहेको सिटमा एमालेले गण्डकी प्रदेशको तर्फबाट ओली नेतृत्वको सरकारलाई ‘नरसंहार’ गरेको भन्दै टिप्पणी गर्ने सम्झना देवकोटालाई उम्मेदवारमा सिफारिस गरेको हो ।

भदौ २३ गते तत्कालीन ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनमाथि नरसंहार गरेको भन्दै देवकोटाले पार्टीले नयाँ रूप नलिएसम्म सो नरसंहारको  भागिदार नलिने घोषणा सामाजिक सञ्जाल फेसबुकबाट गरेकी थिइन् ।

‘हिजोको घटना सरकारले पूरा जिम्मेवारी लिनुपर्छ । मैले आजबाट पार्टीले नयाँ रूप नलिएसम्म, म यो नरसंहारको भागिदार नलिने निर्णय लिएको छु । म पहिला म नेपाली …..’, देवकोटाले जेनजी आन्दोलन लगत्तै फेसबुकमा स्टाटस लेखेकी थिइन् ।

आगामी माघको ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलले मोर्चा बनाएर प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । जसमा एमालेले ८ र कांग्रेसले नौ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । 

राष्ट्रिय सभा निर्वाचन कार्यक्रम अनुसार पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। 

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन्। 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : १३ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा