गगनको गुनासो : कांग्रेसमा विश्वप्रकाश र मलाई हेपियो, अब चुप लागेर बस्दैनौँ « Khabarhub

गगनको गुनासो : कांग्रेसमा विश्वप्रकाश र मलाई हेपियो, अब चुप लागेर बस्दैनौँ


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

उनले कांग्रेसबाट राष्ट्रियसभाका लागि भएको उम्मेदवारी चयनमा पनि फरक मत राखेका छन्।

बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि थापाले यस्तो बताएका हुन् ।

उनले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कांग्रेस-एमाले तालमेलको सैद्धान्तिक आधार नभएको पनि उल्लेख गरे । उनले कांग्रेसका उम्मेदवार पनि नेताहरूको खल्तीबाट छानिएकाले फरक मत राखेको बताएका छन् ।

एकलौटी रुपमा उम्मेदवार छानेर केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गरिएको निष्कर्ष उनले सुनाए । थापाले त्यसको स्वामित्व आफूहरूले लिनन नसक्ने पनि बताए ।

महामन्त्री थापाले कांग्रेसमा आफूहरूलाई हेप्ने क्रम जारी रहेको बताए । तर अब यस्तो शैलीमा पार्टी अघि बढ्न नसक्ने चेतावनी पनि थापाले दिएका छन् ।

‘आज बैठकबाट राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाउनुपर्ने थियो। नाम सिफारिस हुन बाँकी नै छ। उम्मेदवारहरू मनोनयन सिफारिस लिएर जिल्ला गइसके’, उनले भने, ‘यो त सरासर केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गर्ने काम भयो। महामन्त्रीलाई हेप्ने काम त भइरहेको छ, अब हामी चुप लागेर बस्दैनौँ ।’

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार मनोनयन भइरहेको छ । यसका लागि कांग्रेस, एमाले र जसपाबीच तालमेल भइसकेको छ । कांग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले एक सिट लिएर गएका छन् । उनीहरूले नै सबै सिट जित्ने निश्चित छ ।

कांग्रेसले कोशी प्रदेशबाट सुनीलबहादुर थापा, मधेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट वासुदेव जंगली र चन्द्रबहादुर केसीलाई उठाएको छ। उता कर्णालीबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खाती कांग्रेसका उम्मेदवार छन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : ०२ बजे

महानिर्देशक अर्यालसहित चार जनाविरुद्ध दोस्रो पटक पाँच दिन म्याद थप

काठमाडौं– भ्रष्टाचार आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले