सुनसरी १ बाट संसदीय चुनाव लड्ने हर्क साम्पाङको घोषणा « Khabarhub

सुनसरी १ बाट संसदीय चुनाव लड्ने हर्क साम्पाङको घोषणा


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुनसरी- श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले सुनसरी क्षेत्र नम्बर १ बाट फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् ।

साम्पाङले प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा साम्पाङले भनेका छन्- ‘म सुनसरी क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो, जय देश ।’

सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत धरान उपमहानगरपालिकाका २० वटै वडा समेटिएका छन् । त्यसैगरी बराहक्षेत्रको नगरापलकािका ५ र रामधुनी नगरपालिकाका २ वटा वडा समेटिएका छन् ।

२०७९ को संसदीय निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट एमालेको समर्थनमा जनता समाजवादी पार्टी नेपालका अशोककुमार राई विजयी भएका थिए ।

साम्पाङ पनि २०७९ को स्थानीय तह निर्वाचनमा लौरो चुनाव चिह्न लिएर स्वतन्त्र रुपमा मेयरमा विजयी भएका थिए । तर उनी करिब मेयरको आधा कार्यकाल बाँकी रहँदै संसदीय निर्वाचनमा होमिन लागेका हुन् ।

साम्पाङल श्रम संस्कृति पार्टी खोलेर कोशी प्रदेशका सबै जिल्लादेखि काठमाडौं र लुम्बिनी प्रदेशसम्म अभियान लिएर पुगिसकेका छन् । कोशी पहाडमा साम्पाङको पार्टीलाई बलियो समर्थन देखिएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : १० बजे

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना