नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड « Khabarhub

नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् । 

संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा आज दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । 

त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तारका साथै नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, पूर्वाधार तथा सूचना प्रविधिजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तारबारे गहन छलफल भएको थियो । 

अध्यक्ष ढकालले काठमाडौँका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक क्षेत्रको विस्तारमा फलदायी हुने बताए। 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : ०५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर