तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य बढ्यो « Khabarhub

तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य बढ्यो


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा शुक्रबार प्रतितोला रु ६ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ६ सयले बढेर रु ७१ हजार पुगेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला रु ७० हजार ४ सयमा कारोवार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि रु ६ सलले नै वृद्धि भई प्रतितोला रु ७० हजार ७ सय पुगेको छ ।

बिहीबार तेजाबी सुन रु ७० हजार ७ सयमा खरिद बिक्री भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । शुक्रबार चाँदीको मूल्य रु १० ले वृद्धि भई प्रतितोला रु ८६० मा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ४ : १८ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा