अध्यक्षमाथि कालोमोसो दलेको विरोधमा डडेल्धुरा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गर्ने  « Khabarhub

अध्यक्षमाथि कालोमोसो दलेको विरोधमा डडेल्धुरा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गर्ने 


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझामाथि भएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ ।

पुस २३ गते दिउँसो १ः३५ बजे अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र ने.क.पा.बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुर्व्यवहार गरेका थिए । प्रमाणविहीन र तथ्यहीन आरोप लमा भनिएको छ । 

अध्यक्ष ओझा यस क्षेत्रको समग्र स्वास्थ्य प्रणाली सुदृढ गर्न तथा बिरामीलाई सहज, प्रभावकारी सेवा दिन निरन्तर अग्रपङ्क्तिमा खटिँदै आएको अस्पतालको भनाइ छ । यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्नुका साथै कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउने अस्पतालको ठहर छ ।

अस्पताल विकास समितिले उक्त घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । साथै भविष्यमा यस्ता अराजक गतिविधि दोहोरिन नदिन संघ, प्रदेश र स्थानीय सरकार, प्रशासन, सुरक्षा निकाय तथा नागरिक समाजलाई समेत जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक अपिल गरिएको छ ।

घटनापछि कर्मचारीको मनोबल कमजोर बनेको जनाउँदै अस्पतालले पुस २४ गतेदेखि आकस्मिक सेवा बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति अस्पताल विकास समिति क्षमाप्रार्थी छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ५ : ४६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर