जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन « Khabarhub

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा सहीद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । 

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहीदहरुको सम्झनामा सहीद परिवार, घाइते परिवार लगाएत युवाहरुले दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल लगाएत पगेका थिए ।

सो क्रममा गृहमन्त्री अर्यालले जेन-जी युवा पुस्ता देशका सवै क्षेत्रमा रहेकाले सवै युवाहरु मूल प्रवाहमा आउनुपर्ने र यसका लागि सरकारले उचित वातावरण बनाउने बताए ।

जेन-जी, सहीद परिवार र प्रधानमन्त्रीबीच भएको सम्झौता नै वर्तमान सरकारको मार्गदर्शन भएको उनको भनाइ छ । त्यस्तै मन्त्री अर्यालले उक्त सम्झौता कार्यान्वयनका लागि ध्यान केन्द्रीत गरिएको बताए । 

उनले आफुले गृहमन्त्रीको पदमा रहदा जिम्मेवारीपूर्वक काम गर्ने भन्दै आफ्नो कार्यकाल सकिएपछि सडकमा आएर सुशासनको पक्षमा एक भएर लड्ने धारणा राखे । 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ६ : ४६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर