राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता « Khabarhub

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट आज चार जनाले आ–आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गराएका छन् ।। 
 
धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रत्याशीहरूले मनोनयन दर्ता गराएका हुन् । 
  
प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको एक पुरुषको कोटा(अन्य समूह) तर्फ नेपाली कांग्रेसका खम्महादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकारा जैशीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयका प्रेमराज भट्टले जानकारी दिए । 

यस्तै, रिक्त हुन लागेको एक महिला कोटाका लागि नेकपा(एमाले)की लीलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले उम्मेदवारीको मनोनयन दर्ता गराएकी हुन् । नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रुपमा र नेपाली कम्युनिष्ट पार्टीले एकल रुपमा उम्मेदवारीको मनोनयन दर्ता गराएको हो ।   
 
यो प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्य (एक महिला एक पुरुष)को पदावधि सकिन लागेको छ । यही पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाश गर्ने, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ ११ गते मतदान गर्ने निर्वाचन कार्यतालिका छ ।  
  
राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रदेशसभाका सदस्य र पालिका तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ । यो निर्वाचनका लागि ५२ प्रदेशसभा सदस्य मतदाता छन् । प्रदेशसभाका एक सदस्य निलम्बनमा छन् । 

यस्तै, प्रदेशका सबै ८८ पालिका तहका प्रमुख/उप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी १७५ मतदाता छन् । पालिका तहका एक मतदाता पनि निलम्बनमा छन् । रासस

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ७ : ०० बजे

अर्थ प्रशासन सुधार र भ्याट प्रणालीमा एकल दरको सुझाव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा अर्थविद्हरूले कर प्रशासनको पुनःसंरचना, सार्वजनिक

आशिकाले भनिन्- बाँदर आतङ्क रोक्न किसानलाई अदुवा, बेसारलगायत खेती गर्न लगाऔँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न

हरि ढकालको माग : जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कन्जुस्याइँ नगरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले जेन-जी आन्दोलनका घाइतेको

प्रतिपक्षीको निरन्तर विरोधपछि प्रधानमन्त्री खोज्न निस्किए सभामुख

काठमाडौं- प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल सिंहदरबारभित्रै

मोटरको विवरण फरक देखाई आधा दर्जनभन्दा बढी विद्युतीय गाडी आयात, अर्बौं राजस्व छली

काठमाडौं– मोटरपावरको विवरण फरक पारेर चीनबाट आयात हुने आधा दर्जन