गण्डकीमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाको मनोनयन दर्ता « Khabarhub

गण्डकीमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाको मनोनयन दर्ता


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाले उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् ।

गण्डकी प्रदेशबाट रिक्त दुई राष्ट्रियसभा सदस्य मध्ये एक जना महिला र अर्को अन्य समूहका लागि मनोनयन दर्ता गरिएको हो ।
राष्ट्रियसभाको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर उम्मेदवारी दिएका छन् । जसमध्ये महिलाबाट नेकपा एमालेकी सम्झना देवकोटा (गोरखा)को उम्मेदवारी परेको छ भने अन्यबाट नेपाली कांग्रेसका जगत् तिमल्सिना (तनहुँ)को उम्मेदवारी परेको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेकपा एमालेका सचिव खगराज अधिकारीसहितको टोलीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कपिल लामा(मनाङ) र गोमा घिमिरे लुइँटेल (कास्की)को उम्मेदवारी परेको छ भने राष्ट्रिय जनमोर्चाकातर्फबाट लक्ष्मी बास्कोटा (बागलुङ), शङ्कर बराल (कास्की)को उम्मेदवारी परेको छ ।

गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी २२९ मतदाता छन् । एक प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिँदा गण्डकीमा कूल मतभार छ हजार ३५७ छ ।

यसअघि गण्डकीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का भगवती न्यौपाने र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठको कार्यकाल सकिन लागेकाले निर्वाचन हुन लागेको हो । 

न्यौपाने महिला समूहबाट र श्रेष्ठ अन्यबाट निर्वाचित बनेकाले सोही समूहबाट नयाँ उम्मेदवारी दर्ता गरिएको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । 

गण्डकी प्रदेशमा प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार १२७ र स्थानीय तहका प्रतिनिधिको तीन हजार २३० गरी कूल मतभार छ हजार ३५७ रहेको छ । गण्डकीको ६० सदस्यीय प्रदेशसभामा एक सदस्य रिक्त छ । रासस

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ७ : ११ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर