‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छः मन्त्री खरेल « Khabarhub

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छः मन्त्री खरेल


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाका बारेमा तयार गरिएको वृतचित्र ‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्ने बताएका छन्।

ललितपुरस्थित लविम मलमा रहेको चलचित्र भवनमा उज्वल थापा फाउन्डेसनले आयोजना गरेको विशेष प्रदर्शनी हेरेपछि मन्त्री खरेलले वैकल्पिक राजनीतिको मार्ग पहिल्याउने स्वर्गीय थापाको जीवनी प्रेरणादायी रहेको बताए।

उनले भने, “नेपाल र नेपाली जनतालाई यति धेरै माया गर्ने, आफ्नो जीवन र परिवारभन्दा माथि देश रहेछ भनेर आफूले बुझ्नाका साथै बुझाउने स्व थापाका बारेमा वृतचित्रले झन् नजिकबाट चिनाएको छ । उहाँले आफ्नो जीवनकालमा गर्नुभएका कामले दिमाग मात्र नभई मन पनि घोच्छ । उहाँ हामी माँझ नरहे पनि उहाँको विचार र मार्गले हामीलाई पक्कै देश हितमा समर्पित हुन ऊर्जा दिनेछ ।”

उद्यमशीलता, सामाजिक सक्रियता र वैकल्पिक राजनीतिमार्फत थापाले देखाउनुभएको बाटो आज पनि उत्तिकै सान्दर्भिक रहेको मन्त्री खरेलको भनाइ थियो । स्वर्गीय थापाका बुबाआमा र श्रीमती एरिका अधिकारीलाई भेट्दै उनले थापाको देश प्रतिको भावनालाई नेपाली जनताले बुझ्ने समय आएको बताए ।

स्व थापाका बारेमा तयार गरिएको वृतचित्र हेर्न सामाजिक, राजनीतिक तथा कलाकारिता क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो । उक्त वृत्तचित्रलाई आगामी शुक्रबारदेखि नेपालका चलचित्र भवनमा समेत सार्वजनिक प्रदर्शन गरिने फाउन्डेसनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : ४१ बजे

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व