भोजपुर सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा नागरिक हैरान (तस्बिरहरू) « Khabarhub

भोजपुर सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा नागरिक हैरान (तस्बिरहरू)


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासी वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ ।

वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक समस्या, हावाहुरी तथा वर्षायाममा नदीको बहाव बढेपछि फेरी पटक–पटक बन्द हुने गरेको छ । बर्खायाममा फेरी पूर्ण रूपमा बन्द हुँदा नागरिक झोलुङ्गे पुल प्रयोग गर्न र पिठ्यूँमा सामान बोकेर ओसार्न बाध्य छन् ।

पक्की पुल नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासीका अनुसार सतिघाटमा पुल निर्माणको आशा धेरै वर्षदेखि भए पनि अहिलेसम्म कुनै ठोस प्रगति हुन सकेको छैन ।

हिउँदको समयमा बिहान ७ बजेदेखि राति १० बजेसम्म फेरी सञ्चालन हुँदै आएको छ। फेरीले तत्कालका लागि केही राहत दिए पनि दीर्घकालीन समाधान नभएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले पटक पटक बताउँदै आएका छन् । उनका अनुसार सतिघाटमा पक्की पुल निर्माणका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ११ : ५० बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री