द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह « Khabarhub

द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– द्वन्द्वकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार सञ्चालनमा ल्याउन निजी क्षेत्रले आग्रह गरेका छन् । छोटी भन्सार पुनःस्थापना नहुँदा त्यसको मार निजी क्षेत्रलाई परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताए । 

उनले ती छोटी भन्सार स्थापना भएमा त्यसको प्रत्यक्ष लाभ व्यवसायीलाई हुने उल्लेख गर्दै भन्सार राजस्वसमेत वृद्धि हुने बताए। 

‘छोटी भन्सार सञ्चालन गर्दा इमानदार रुपमा व्यवसाय गर्नेलाई लाभ हुन्छ र अवैध काम रोकिन्छ’, धामीले भने। उनले छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा विभिन्न नाकाबाट अवैध आयात निर्यात बढेको बताए।  

नेपालगञ्ज भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलले विभिन्न नाकाबाट छोटी भन्सार सञ्चालनको माग आए पनि तत्काल सञ्चालन नीति नआएको जानकारी दिए । उनले छोटी भन्सारबाट व्यापारमा विकृति भित्रिएको उल्लेख गर्दै बरु भएका भन्सारलाई सुदृढीकरण गरेर लैजाने सरकारको नीति भएको बताए। 

छोटी भन्सारका केही भवन भत्किएर काम नलाग्ने अवस्थामा पुगेका छन् भने केहीको भवन नै थिएन । यी भन्सारबाट विगतमा हुने आर्थिक कारोबारको कुनै अभिलेखीकरण भएकोसमेत पाइँदैन । नरैनापुर, खडैचा, साइगाउँमा छोटी भन्सार रहेका भवन हाल भत्किएर काम नलाग्ने अवस्थामा छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनःस्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रको बाटोबाट खुलेआम तस्करी हुने गरेको बताए।  
 

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १ : ०० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी