प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने विप्लवका ४ कार्यकर्ता ललितपुरबाट पक्राउ « Khabarhub

प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने विप्लवका ४ कार्यकर्ता ललितपुरबाट पक्राउ


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका चार जनालाई प्रहरीले ललितपुरको लुभुबाट पक्राउ गरेको हो ।

प्रधानमन्त्री ओलीको पुत्ला जलाउने तयारीमा रहेका ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

पक्राउ पर्नेमा पाँचथरका २१ वर्षीय निकुञ्ज सेवा, काभ्रेका ६० वर्षीय जित बहादुर खपाङ्गी, भक्तपुरका २७ वर्षीय श्रवण भन्ने बिजेश ढकाल र भोजपुरका ४२ वर्षीय पेम्बा जम्बु शेर्पा रहेका छन् ।

उनीहरुलाई जिल्ला अदालत ललितपुरले सार्वजनिक स्थानमा शान्ति खलल गरेको कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ५ : ५१ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी