मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी गरिँदै « Khabarhub

मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी गरिँदै


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे सङ्क्रान्ति पर्वको भव्य तयारी भइरहेको छ । माघे सङ्क्रान्ति पर्व मिथिलाञ्चलमा तिला सङ्क्रान्ति पर्वका नामले पनि प्रसिद्ध छ । यहाँका लोकभाषामा तिला सङ्क्रान्ति भनिन्छ भने कतै कतै तिला सङ्क्रायत पनि भनिन्छ ।  

यस पर्वमा मिथिलाको घर घरमा चिउरा, भूजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ । चामल, दाल, घीउ र तरकारी एकै साथ मिसाइएर बनाइएको खिचडीसमेत खाने चलन रहेकाले अहिले यहाँका घर घरमा पर्वमा परिकार बनाउन आवश्यक वस्तु सख्खर, चिउरा, भूजा, तील, अदुवा, विशेष प्रकारको चामल, उरिद र कुर्थीको दाल, घीउ, तरुल तथा अन्य मिठो तरकारी जुटाउनमा सर्वसाधारण व्यस्त छन् । 
    
किनमेलका लागि महोत्तरी सदरमुकाम जलेश्वरसहित मिथिलाको प्रत्येक हाटबजारमा भीडभाड देखिन्छ । यस पर्वका लागि मिथिलाञ्चलको घर घरमा ८-१० दिन पहिलेदेखि तिल, चिउरा, भूजा र सख्खर ल्याएर मिथिलानीहरु लड्डु बनाउने गर्दछन् । जसले गर्दा मिथिलाञ्चलका गाउँ बस्तीमा यस पर्वको रौनक एक साता पहिलेदेखि सुरु हुने जलेश्वर–८ की राजवती देवीले बताइन्।

सङ्क्रान्तिका दिन एकाबिहानै घरका सबैभन्दा पाका सदस्य जागेर नित्कर्मसँगै नुहाइधुवाई गरी अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाइ कूल देवतालाई चढाउने र पछि सोही प्रसादबाट घरका सबै सदस्यलाई प्रसाद दिँदै (हमर तिल बहवे) अर्थात ‘मेरो आउँदो दिनमा मलाई साथ दिन्छौँ, मैले भनेको गर्छौँ’ भन्ने चलन रहेको जलेश्वर नगरपालिका– ५ का संस्कृतिविद् ध्रुव रायले बताए। 

उनले यस कर्मलाई संस्कार पुस्तान्तरणको संज्ञा दिए । जसले मिथिलाको संस्कार र संस्कृतिलाई पछिसम्म जीवन्त राख्न सहयोग गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  २ : ३० बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी