युक्रेनमा रूसी आक्रमण, दश लाख मानिस पानी र विद्युतबाट वञ्चित « Khabarhub

युक्रेनमा रूसी आक्रमण, दश लाख मानिस पानी र विद्युतबाट वञ्चित


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनमा भएको रूसी आक्रमणको कारण निप्रोपेट्रोभस्क क्षेत्रमा दश लाख भन्दा बढी मानिसहरूलाई पानी र विद्युत आपूर्तिविहीन भएका जनाइएको छ भने तापक्रम तुलनात्मक रुपमा निकै तल झरेको उल्लेख गरिएको छ ।
  
अघिल्लो जाडोमा जस्तै, रूसले युक्रेनको ऊर्जा केन्द्रहरूमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, जसले किएभ र यसका सहयोगीहरूले नागरिकहरुलाई समस्या पार्न जानाजानी आक्रमण गरेको बताएका छन् । 

ठुलो मात्रामा भएको रुसी ड्रोन आक्रमणले जापोरिझिया क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुँदा हजारौंलाई बिजुलीबाट वञ्चित पारेको रूसका ग्रिड अपरेटर युक्रेनेर्गोले बताएका छन् ।
  
दस लाख भन्दा बढी ग्राहकहरूका लागि विद्युत र पानी आपूर्ति पुनर्स्थापना गर्न दनिप्रोपेट्रोभस्क क्षेत्रमा मर्मत कार्य जारी रहेको पुनर्स्थापना मन्त्री ओलेक्सी कुलेबाले सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।  

युक्रेनी वायु सेनाले रूसले ९७ वटा ड्रोन र  ७० वटा हवाई रक्षा प्रणालीद्वारा  विभिन्न २७ वटा स्थानमा आक्रमण गरेको बताएको छ ।

आक्रमणमा ड्निप्रोपेट्रोभस्कको महत्वपूर्ण ऊर्जा पूर्वाधार क्षतिग्रस्त भएको सैन्य प्रमुख भ्लादिस्लाव गाइभानेन्कोले बताएका छन् ।  

‘अवस्था कठिन भएको बताउँदै  सुरक्षा व्यवस्थाले अनुमति दिए लगत्तै, ऊर्जा कामदारहरूले पुनर्स्थापना कार्य सुरु गर्ने उनले टेलिग्राम मार्फत बताएका छन् । 
 
जापोरिझियामा, बिजुली आपूर्ति प्रमुख सुविधाहरूमा पुनर्स्थापित गरिएको भएता पनि अधिकांश उपभोक्ताहरू अझै पनि बिजुली विहीन भएको गभर्नर, इभान फेडोरोभले जनाएका छन् ।  

किएभले आफ्नो ऊर्जा ग्रिडको लामो समय देखि चलिरहेको लक्ष्यलाई रूसी तेल डिपो लगायतमा आक्रमण गरी प्रतिक्रिया दिएको छ भने मस्कोको महत्त्वपूर्ण ऊर्जा निर्यात कटौती गर्न र इन्धनको अभाव निम्त्याउन खोजिरहेको छ । 
 

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ३ : १४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर