सशस्त्र प्रहरी दिवसमा कैदीबन्दीलाई न्याना कपडा वितरण « Khabarhub

सशस्त्र प्रहरी दिवसमा कैदीबन्दीलाई न्याना कपडा वितरण


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । 

सशस्त्र प्रहरीले आज यहाँ कारागारमा रहेका ६२ जना महिला कैदीबन्दीहरुलाइ सल र उनीहरूका पाँचजना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले दिवसको अवसरमा सशस्त्र प्रहरीले न्यानो कपडा वितरण गरेको जानकारी दिए। 

त्यसैगरी सशस्त्र प्रहरीले आज नै वीरगञ्ज महानगर–१ छपकैयाँस्थित बविता पराजुली आधारभुत विद्यालयको प्राङ्गणमा आँखा शिविर सञ्चालन गरेको छ । सो शिविरबाट ७८ जना स्थानीयबासी लाभान्वित भएको जनाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ३ : ५९ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर