हाम्रो पार्टीले प्रतिशोधको राजनीति गर्दैन : रवि लामिछाने « Khabarhub

हाम्रो पार्टीले प्रतिशोधको राजनीति गर्दैन : रवि लामिछाने


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने बताएका छन् ।  

बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले राजनीतिक प्रतिशोध लिएर अदालतको ढोकामा लगेर मुद्दा दर्ता गरेर संसदबाट सूचना टाँस गरेर फाल्दिने राजनीति रास्वपाले नगर्ने बताएका हुन् ।

उनले अहिले चुनावको विकल्प चुनाव नै रहेको भन्दै बन्द कोठामा बसेर निर्वाचन बिथोल्ने प्रयास नगर्न समेत चेतावनी दिए  ।

बेथितिको अध्यायलाई अन्त्य गर्ने सबैभन्दा उत्तम माध्यम आगामी निर्वाचन नै भएको उनले बताए । लामिछानेले सामर्थ्य पुराएर देश लुट्नेहरूलाई विधि र प्रक्रियाको दायरामा ल्याउन रास्वपाले खुट्टा नकमाउने उल्लेख गरे । 

उनले रास्वपाका नेता कार्यकर्ताहरू जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको समेत धारणा राखे । लामिछानेले व्यक्तिगत स्वार्थभन्दा माथि देश र जनताको स्वार्थलाई राखेर उम्मेदवार छनोट गर्ने जानकारी दिए । 

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ७ : ०३ बजे

प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक