नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा « Khabarhub

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’को नवाकोटस्थित साततले दरबार, भैरवीदेवी मन्दिरमा स्वागत गरिएको छ ।

सोमबार गोरखाबाट सुरु भएको एकीकरण मार्ग–पदयात्रा काठमाडौँसम्म पैदल जाने क्रममा आज विदुर–२ स्थित पृथ्वीनारायण शाहले निर्माण गर्नुभएको ऐतिहासिक साततले दरबारमा आइपुगेको हो ।

बुधबार अपराह्न नै नुवाकोट प्रवेश गरेको पदयात्रा जिल्लाको भर्‍याङभुरुङ, सामरी, राइसिंह हुँदै शुभघाटमा बाँस बसेर आज नुवाकोट दरबार आइपुगेको हो । साततले दरबारस्थित भैरवीदेवी मन्दिर परिसरमा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठसहित नगरपालिकाको जनप्रतिनिधिहरु, कर्मचारी, स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो ।

उक्त अवसरमा नेपाली सेनाको ६ नं बाहिनी धादिङका बाहिनीपति सुवासचन्द्र थापा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित जिल्लास्थित सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि एकीकरण मार्ग–पदयात्राको टोलीलाई स्वागत गरेका थिए ।

नेपाल एकीकरण पदमार्ग–पदयात्रामार्फत इतिहासको जगेर्ना, पुर्खाले पुर्‍याएको योगदानको संरक्षण र हराउँदै जीर्ण हुँदै गएका पुरातात्विक, धार्मिक तथा ऐतिहासिक संरचनाको जगेर्नामार्फत पयर्टन प्रवद्र्धनमा योगदान पुर्‍याउने लक्ष्य लिइएको श्री शेरगणका गणपति प्रमुख सेनानी अशोककुमार मल्लले जानकारी दिए । उनका अनुसार पुर्खाले पुर्‍याएको योगदानको सम्मान गर्दै अहिलेका युवा पिँढीमा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रालाई महत्वका रुपमा लिइएको छ ।

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएको मार्गलाई एकीकरण पदमार्गका रुपमा विकास गर्नका लागि विसं २०७६ देखि सुरु भएको हो । एकीकरण मार्ग–पदयात्रालाई धादिङको भैरव गणले नुवाकोटको श्री शेर गणलाई पदयात्रामा रहेको एकीकरण दीपज्योतिसहित तत्कालीन पृथ्वीनारायण शाहले स्थापना गरेको पाँच कम्पनीको झण्डा र राष्ट्रिय झण्डा हस्तान्तरण गरेको हो ।

गोरखा दरबारबाट निकालिएको दीपज्योतिमा पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित पैदलमार्ग हुँदै काठमाडौँ पुर्‍याइने छ । नुवाकोटबाट काठमाडौंतर्फ प्रस्थानका क्रममा पदयात्रालाई श्री शेर गण नुवाकोटले २६ गते भैरवीदल गण काठमाडौँमा ‘एकीकरण टर्च’सहित प्रथम पाँच सैनिक कम्पनीको झण्डा र राष्ट्रिय झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ८ : ३७ बजे

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार

मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले चुनाव नजिकिँदै गर्दा बिहीबार मतदाताका लागि

बाढीले थला परेको रोशीमा छैन चुनावी चहलपहल (तस्बिरहरू)

काठमाडौं– अहिले देशभर चुनावी माहौल छाएको छ ।  नयाँ पुस्ता

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन– देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै