हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने कांग्रेसको निर्णय, गगन थापाको बिमति « Khabarhub

हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने कांग्रेसको निर्णय, गगन थापाको बिमति


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको हो । हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णयप्रति महामन्त्री गगन थापाले असहमति जनाउदै फरक मत राखेका थिए ।

हस्ताक्षर फिर्ता लिन अनुरोध गर्दा पार्टीका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले राखेको प्रस्तावमा आफुहरुको असहमति रहेको थापाले बताए । आसन्न प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक रहेको उनले बताए ।

उनले विधान अनुसार महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको अधिकार भएकाले यसलाई कसैले रोक्न नसक्ने स्पष्ट पारे । विधानको पालनाको गर्दा पार्टी बिभाजनको हौवा पिटिएको भन्दै उहाले आफुहरु कसैले पनि पार्टी बिभाजन हुन नदिने उल्लेख गरे ।

बैठकपछि कांग्रेस नेता एनपी साउदले कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिए । पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नरहेकाले देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको उनले बताए ।

बैठकले विशेष महाधिवेशन भन्ने भेला रोक्नका लागि अपील गर्ने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ९ : ३१ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई