आजदेखि गैँडाकोट महोत्सव « Khabarhub

आजदेखि गैँडाकोट महोत्सव


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नवलपुर– चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा भएको छ । 

आगामी माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको उद्‌घाटन आज दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्दै छन्।

महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल समिति संयोजक छवि कँडेलले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले महोत्सवस्थलमा स्टल निर्माण, मञ्च निर्माण, बाल उद्यान, कृषि परिसर निर्माणसहित सुरक्षा प्रबन्ध तथा अन्य काम सकिएको बताए । 

कँडेलले यस संस्करणको महोत्सवस्थलमा जलपरी, फिस टनेल, ओपेरा हाउस विशेष आकर्षणको रुपमा निर्माण गरिएको जानकारी दिए। 

महोत्सव सचिवालय संयोजक एवं सङ्घका महासचिव तेजनारायण पाण्डेले सचिवालयले सबै काम पूरा गरी उद्घाटनको तयारीमा जुटेको जानकारी दिए । 

आज बिहान गैँडाकोट नगरपालिकाबाट बृहत् शोभायात्रा निकाली महोत्सव परिसरसम्म आउने गरी तयारी भइरहेको भन्दै पाण्डेले नगरपालिकाभित्रका सबै सङ्घसंस्थालाई पत्राचार गरिएको बताए। 

शोभायात्रामा सहभागी हुने धार्मिक सङ्घसंस्था, विद्यालय, सामुदायिक वन, वित्तीय संस्था, खेलकुदका सङ्घसंस्था तथा विभिन्न सामाजिक सङ्घसंस्थाले आफ्नो पहिचान झल्किनेगरी झाँकीसहित शोभायात्रामा सहभागिता जनाउने पाण्डेको भनाइ छ ।

सङ्घका वरिष्ठ सदस्य एवं महोत्सव प्रचारप्रसार समिति संयोजक शालिकराम सापकोटाले महोत्सवको व्यापक प्रचारप्रसार गरिएको बताए। महोत्सवको प्रचारप्रसारका लागि सञ्चारमाध्यमबाट सूचना प्रवाहसँगै, राजमार्गका विभिन्न स्थानमा स्वागतद्वार तथा ‘ब्यानर’ एवं ‘फ्लेक्स’ निर्माण गरी राखिएको सापकोटाले बताए। 

यसपटकको महोत्सव अरु समयको भन्दा फरक हुने भन्दै सापकोटाले यस महोत्सवले समग्र नवलपुरको पर्यटन क्षेत्रको विकास गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताए।  

सङ्घका अध्यक्ष एवं महोत्सवका संरक्षक दीपक सापकोटाले किसानहरुले उत्पादन गरेको कृषिजन्य सामग्री महोत्सवस्थलमा निःशुल्क प्रदर्शनी र बिक्री गर्ने व्यवस्था मिलाइएकोे जानकारी दिए ।

कृषकले उत्पादन गरेका कृषिउपजलाई बजारीकरणमा सहयोग पु¥याउँदै पेसामा टिकाउका लागि उनीहरुको उत्पादन निःशुल्क प्रवद्र्धन गर्न लागिएको सापकोटाले बताए। 

दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा रु २५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी परिचालनसँगै सिसीटिभी क्यामेराबाट निगरानी, बिमा गरिएको आयोजकले जनाएको छ । 

त्यस्तै महोत्सव अवधिभर हरेक दिन स्थानीय तथा ख्याति प्राप्त राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ । 
 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ११ : ३० बजे

गोरखाकी पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा

गोरखा– गोरखाकी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठले आफ्नै कीर्तिमानलाई थप उचाइमा

सभामुखले आग्रह गर्दा पनि संसद् जान मानेनन् वालेन्द्र

काठमाडौं- प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल सिंहदरबारभित्रै बसिरहेका

विपक्षीको नाराबाजीबीच सभामुखले अगाडि बढाए संसद्

काठमाडौं– १५ मिनेटका लागि रोकेको प्रतिनिधिसभा बैठक २ घण्टापछि सुचारु

भाजपा र कांग्रेसलाई पछि पार्दै सामाजिक सञ्जालमा ककरोच जनता पार्टीको कीर्तिमान

काठमाडौं- पछिल्लो समय सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ककरोच जनता पार्टी’ नामक

अख्तियारको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले माग्यो फार्मेसी कर्मचारीको विवरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले आफ्ना मातहतका विभिन्न विभाग,